अवैध सुन किन्न ल्याइएको २२ लाख ५० हजारसहित एक व्यक्ति नागढुंगाबाट पक्राउ

30

छिनछिन खबर
काठमाडौं,कात्तिक १६ । नागढुंगा प्रहरीले २२ लाख ५० नेपाली नगद रुपैंयाँसहित एक नेपाली नागरिक मोहम्मद हसीव सिद्दिकीलाई आज शुक्रबार पक्राउ गरेको छ ।नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना. ५ ख ६४७७ नं.को यात्रुावाहक बसमा लुकाई छिपाई ल्याएको अवस्थामा प्रहरीले चेक जाँच गर्दा फेला परेको हो ।

प्रहरी श्रोतका अनुसार उक्त रकम काठमाडौंमा अवैध सुन खरिद गर्नका लागि ल्याइएको थियो ।सोही सुचनाका आधारमा बाँके जिल्ला नेपालगंज उपमहानगरपालीका ४ का ३६ वर्षिय मोहम्मद हसीव सिद्दिकीको कपडाको झोला तथा शरिरमा २२ लाख ५० हजार रुपैंया बाँधेर ल्याएको अवस्थामा फेला परेको हो ।सो सुन काठमाडौंबाट भारत पुर्याउने योजना रहेको प्रहरीको दाबी छ ।शरिरमा लुकाई छिपाई ल्याएको श्रोत खुलाउन नसकेको उक्त रकमसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको बताएको छ ।पक्राउ परेको रकमसहित सिद्दिकीलाई थप अनुसन्धानका लागि राजस्व अनुशन्धान पठाइएको प्रहरीले जनाएको छ ।

Womui
Womui