बिजेपी नेता अनिल परिहार र भाइको गोली हानी हत्या

34

दिल्ली, कात्तिक १६ (बिबिसी) । जम्मु कश्मीरमा भारतीय जनता पार्टी (बिजेपी) का प्रदेश सचिव अनिल परिहार र उनका भाइ अजित परिहारको अज्ञात बन्दुकधारीले बिहीबार राति हत्या गरेका छन् । उनीहरुलाई नजिकैबाट गोली प्रहार गरिएको बताइएको छ ।
जम्मु कश्मीरका बिजेपी महासचिव अशोक कौलले उक्त घटनाको पुष्टि गरेका छन् । प्रदेश सचिव परिहार पार्टीका उच्च नेता रहेको उनले प्रतिक्रिया दिए । ’सानैदेख उनी बिजेपीमा जोडिएका थिए । जम्मुका ७, ८ उच्च नेताभित्र पर्थे उनी,’ कौलले भनेका छन् । ’उनी किस्तवाडमै बस्ने गरेका थिए ।’ बिजेपी स्टेट मोर्चाको अध्यक्षसमेत भइसकेका अनिल हाल इन्डिया युवा मोर्चाको सदस्य थिए । पछिल्लो समय उनी स्टेट सेक्रेटरी समेत थिए। ।


कौलले उक्त घटनाको भर्त्सना गरेका छन् । घटनापछि यतिबेला कस्बेमा प्रशासनले कर्फ्यू लगाएको छ । अहिले पूरै किस्तवाड कस्बेको स्थिति तनावपूर्ण बनेको छ । बिजेपीका राष्ट्रिय अध्यक्ष अमित शाह र केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले उक्त घटनाको निन्दा गर्दै दुस्ख व्यक्त गरेका छन् । जम्मु कश्मीरका बिजेपी प्रवक्ता अल्ताफ ठाकुरले उक्त हमलाको निन्दा गर्दै जम्मु कश्मीरमा बिजेपीको लोकप्रियता देखेर केही मानिस अत्तालिएको बताए । दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न उनले प्रहरीलाई आग्रह गरेका छन् ।  इन्सपेक्टर जनरल एसडी सिंह जम्वालले भने अहिलेसम्म हत्याराको पहिचान हुन नसकेको बताए । ’छानबिन सुरु भइसकेको छ। अहिले नै केही भन्न सकिन्न,’ उनले प्रतिक्रिया दिएका छन् ।  जम्मु कश्मीरमा गत वर्ष मात्र पहिलो पटक यसखालको घटना भएको थियो ।

Womui
Womui