नेपालका चार खेलाडी आइसिसीको बरियतामा पर्न सफल

30

छिनछिन खबर
काठमाडौं, कात्तिक १५ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका चार खेलाडी समावेश हुन सफल भएका छन् । आइसिसीले बुधबार राति सार्वजनिक गरेको नयाँ बरियतामा नेपालका दुई ब्याट्सम्यान र दुई बलर बरियतामा पर्न सफल भएका हुन् ।


वरियता अनुसार राष्ट्रिय टोलीका कप्तानसमेत रहेका ब्याट्सम्यान पारस खड्का र शरद भेषवाकर तथा बलरहरू सोमपाल कामी र वसन्त रेग्मी पर्न सफल भएका हुन् । ब्याटिङतर्फ कप्तान पारस खड्का ९४ औं र शरद १०० औं स्थानमा छन् । यस्तै बलिङतर्फ सोमपाल ९२ औं र रेग्मी ७४औं स्थानमा छन् ।

आइसिसीले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको प्रदर्शनका आधारमा बरियता निर्धारण गर्छ । ट्वान्टी ट्वान्टी ब्याटिङ तर्फ पाकिस्तानका बाबर आजम छन् । यस्तै बलरको शीर्ष स्थानमा अफगानिस्तानका रासिद खान छन् । त्यस्तै टी– २० क्रिकेटको अलराउण्डरतर्फ पारस खड्का ३९ तथा सोमपाल कामी ६१ औँ स्थानमा रहन सफल भएका छन् ।

Womui
Womui