युएईमा आममाफीको समय १ महिना थप, नेपालीलाई अवसर

54

छिनछिन खबर
काठमाडौं, कात्तिक १५ । संयुक्त अरब इमिरेट्स (युएई) मा करार अवधि सकिएका कामदारलाई हित हुने गरी आममाफीको समय एक महिना थप गरिएको छ । युएई सरकारको उक्त निर्णयले अवैधानिक रूपमा रहँदै आएका आप्रवासी कामदारले लाभ लिनसक्ने छन् । युएई सरकारले गत अगष्ट १ तरिखदेखि सुरु गरेको आममाफी प्रक्रियाको समय बुधबार सकिएको थियो । अवैधानिक रुपमा बसेर काम गरिरहेको विदेशी कामदारलाई आममाफी १ महिनाका थप गरिएको युएईको नागरिकता पहिचान सम्बन्धी संघीय प्राधिकरणलाई उदृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।


अब डिसेम्बर १ तारिखसम्म अवैध आप्रवासी कामदारले आममाफी प्रक्रियामा सहभागि हुने पाउने छन् । युएई सरकारले दिएका आममाफी कार्यक्रममा ३ महिनामा करिब ७ सय नेपाली सहभागी भएको युएईस्थित नेपाली राजदूतवासले जानकारी दिएको छ । उक्त कार्यक्रममा ५ हजार अवैध रुपमा बसेर काम गरिहेका नेपाली सहभागी हुने दूतवासको अनुमान थियो । तर, १ हजार नेपाली मात्र सहभागी हुनसक्ने दुतावासको भनाइ छ । दूतवासले अवैध रुपमा रोजगारी गरिरहेका नेपालीलाई आममाफी प्रक्रियामा सहभागी गराउन युएईका विभिन्न स्थानमा जानकारीमूलक कार्यक्रम र घुम्ती शिविर सञ्चालन गरिरहेको छ ।

अवैध रुपमा लुकेर रोजगारी गरिरहेका नेपालीसहित अन्य देशका नागरिकलाई वैधानिक बन्न अथवा आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफ्नो देश फर्किन आग्रह युएईको अध्यागमनले गरेको छ । यो अवसरमा युएईमा रहेको नेपाली दुतावाससहित विभिन्न देशका दुतावास तथा कन्सुलेटहरूले घुम्ती सेवामार्फत अवैधानिक आफ्ना नागरिकलाई वैधानिक बन्न वा आममाफी प्रक्रियामा सहभागी हुन सहयोग गरिरहेका छन् । युएई सरकारले थप गरेको आममाफी समय अवधिपछि अवैध कामदार भेटिए कडा कारबाही हुन बताइएको थियो । साथै वैधानिक भएर युएईमै बस्न चाहने आप्रवासी कामदारलाई ६ महिनाको अस्थायी भिसा दिइने र यस अवधिमा रोजगारी खोजेर कामदार भिसा लाउन सकिने व्यवस्था छ ।

भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर ओभरस्टे भएका, राहदानी नभएका नेपालीले नेपाल फर्कन पाउने छन् । गम्भीर प्रकृतिको मुद्दा लागेका तथा मुद्दाको फैसला नभएका आप्रवासी कामदारले भने स्वदेश फर्किन पाउने छैनन् ।
अवैध र आममाफी प्रक्रियामा सहभागि भएका नेपालीलाई दूताबासले राहदानी र ट्राभल डकुमेन्ट उपलब्ध गराइरहेको छ ।

Womui
Womui