कर्णाली प्रदेशका मन्त्री र सांसदले पाउने सुविधा तय

96

छिनछिन खबर
सुर्खेत, कात्तिक १५ । कर्णाली प्रदेशसभा बैठकमा प्रदेश सरकारका पदाधिकारी र सदस्यहरुको सेवासुविधा तथा पारिश्रमिक सम्बन्धी विधेयक पेस गरिएको छ । विधेयकमा मुख्यमन्त्रीको मासिक पारिश्रमिक ६० हजार ९ सय ७० रुपैयाँ प्रस्ताव गरिएको छ । मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार रुपैयाँ तोकिएको छ ।


मुख्यमन्त्रीले मासिक सात हजार, मन्त्रीले पाँच हजार, राज्यमन्त्री र सहायक मन्त्रीले मासिक तीनतीन हजार रुपैयाँ सञ्चारबापत खर्च पाउने प्रस्ताव गरिएको छ । यस्तै, अतिथि सत्कारमा मुख्यमन्त्रीले मासिक १५ हजार, मन्त्री र राज्यमन्त्रीले १०÷१० हजार तथा सहायकमन्त्रीले आठ हजार रुपैयाँ पाउने विधेयकमा प्रस्ताव छ । तीन वर्षमा एक पटक पाउने गरी लुगाभत्ताको पनि व्यवस्था छ । जसअनुसार मुख्यमन्त्रीले १५ हजार, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले १२÷१२ हजार रुपैयाँ लुगा भत्ता पाउनेछन् । कर्णाली प्रदेशसभाका सभामुखको पारिश्रमिक मासिक ५३ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । विपक्षी दलका नेता र उपसभामुखका लागि ५० हजार, दलका प्रमुख सचेतक र सचेतकका लागि ४८ हजार र प्रदेशसभा सदस्यहरुका लागि ४५ हजार रुपैयाँ मासिक पारिश्रमिक प्रस्ताव गरिएको छ ।

सभामुखदेखि प्रदेशसभा सदस्यहरुसम्मलाई बैठक भक्ता, सञ्चार सुविधा, आवास सुविधा, फर्निचर, दैनिक भ्रमण भत्ता र यात्रा विमा निर्धारण गरिएको छ । सभामुख, विपक्षी दलको नेता र उपसभामुखले आवास सुविधा पाउनेछन् । सेवा सुविधासम्बन्धी विधेयकमाथि संशोधनका लागि ७२ घन्टा समय उपलब्ध गराइएको छ । विधेयक बुधबार पेस गरिएको हो ।

Womui
Womui