नेपाल र मलेसियाबीच श्रम समझदारी, एक रुपैयाँ खर्च नगरी कामदार मलेसिया जान पाउने

94

प्रशिद्धिका खड्का
काठमाडौं, कात्तिक १२ । लामो समयदेखि हुन नसकेको नेपाल र मलेसियाबीच श्रम समझदारी भएको छ । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट र मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरनले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
श्रम सम्झौतामा हस्ताक्षर भएसँगै मलेसिया रोजगारीमा जाने कामदारमाथि हुँदै आएको आर्थिक शोषण पूर्ण रुपमा अन्त्य भएको छ । म्यानपावर कम्पनी, एजेन्ट र विभिन्न संस्थामार्फत मलेसिया जाने कामदार ठगिँदै आएका थिए ।

रोजगारीका लागि मलेसिया जाने कामदारको सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्नु पर्ने समझदारीपत्रमा उल्लेख छ । कामदार आपूर्ति गर्ने म्यानपावर कम्पनीले रोजगारदाता कम्पनीबाट आधा महिनाको तलब सेवाशुल्क स्वरुप पाउने छन् । नेपाल र मलेसियाबीच भएको श्रम सम्झौताले नेपाली कामदारलाई धेरै फाइदा हुने श्रममन्त्री बिष्टले बताए । मलेसिया गएका कामदारले कार्यरत कम्पनीमा असमझदारी भए कम्पनी परिवर्तन गर्ने पाउने भएका छन् । कामदारको परिवार भित्रका सदस्य (बुबाआमा श्रीमान्श्रीमती र छोराछोरी)को मृत्यु भएमा करारअवधि भित्रै १५ दिनको छुट्टी पाउँछन् । मलेसिया जाने कामदारले नै राहदानी साथमा राख्न पाउँछन् । मलेसिया सरकारले लगाउँदै आएका लेबी तिर्नु नपर्ने भएको छ ।

कामदार आपूर्ति गर्दा लाग्ने खर्च रोजगारदाता कम्पनीले नै व्योहोर्ने व्यवस्था समझदारी पत्रमा उल्लेख छ । मलेसियामा कार्यरत कामदारलाई प्रत्येक महिनाको ७ गतेभित्र रोजगारदाता कम्पनील बैकमार्फत तलब भुत्तानी गर्नुपर्ने भएको छ । श्रम स्वीकृति दुई वर्षका लागि जारी गरिने छ । यसअघि ३ वर्षका लागि श्रम स्वीकृति जारी हुँदै आएको थियो । रोजगारीका क्रममा बिरामी भए स्वदेश फर्किदा रोजगादाता देशले नै आवतजावत खर्च र उपचार खर्च व्योहोर्नु पर्ने भएको छ ।

Womui
Womui