प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार हुँदै

37

छिनछिन खबर
काठमाडौं, कात्तिक, १२ । छातीमा समस्या देखिएपछि सोमबार विहान त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निकै सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीको ज्वरो नियन्त्रणमा आएको छ भने सास फेर्न पनि सहज भएको छ । चिकित्सका अनुसार अहिले प्रधानमन्त्री ओलीको रगतमा चिनीको मात्रा नियन्त्रण भएको छ भने सास फेर्न पनि सहज हुँदै गएको छ ।

 

चिसो बढेसँगै छातीमा समस्या देखिएको र खोकीबाट कफ निस्कन नसकेका कारण श्वासप्रश्वासमा समस्या भएकाले अस्पताल भर्ना गरिएको थियो । उनलाई सोमबार विहान तीन बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा भर्ना गरिएको थियो । भर्नापछि अस्पतालले सोमबार विहान पहिलो रिर्पोट सार्वजनिक गर्दै उनको छातीमा संक्रमण हुनुका साथै शरीरमा चिनीको मात्रा असन्तुलित भएको बताएको थियो । दिउँसो भने उनको अवस्थामा सुधार हुँदै गएको चिकित्सकको भनाइ छ । प्रधानमन्त्री ओलीलाई सीसीयूमा राखेर उपचार गरिएको छ ।

Womui
Womui