काभ्रेमा जिप दुर्घटना, डिआइजी सुशील भण्डारीसहित तीन जनाको मृत्यु

34

छिनछिन खबर
काठमाडौं, कात्तिक १० । काभ्रेमा शनिबार भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका डिआइजी सुशील भण्डारीसहित तीन जनाको मृत्यु भएको छ । बा३च २८७ नम्बरको जिप दुर्घटनाग्रस्त हुँदा डिआइजी भण्डारीसहित पत्रकार जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश–३ संयोजक विनोद कार्कीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका भण्डारीको उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो ।


पराजुली र कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य तीनजना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा काभ्रेका ४२ वर्षका धनराज पुरी, चालक काभ्रेकै प्रदिप बोगटी र काठमाडौँका विनोद गौतम रहेका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
जिप सडकबाट झण्डै पाँचसय मिटर तल खसेको थियो ।

Womui
Womui