नेकपाले पायो वैधानिकता, यस्तो छ आयोगको निष्कर्ष

47

छिनछिन खबर
काठमाडौं, कात्तिक १० । सत्तारुढ नेकपाले निर्वाचन आयोगबाट वैधानिकता पाएको छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच नामलाई लिएर झण्डै पाँच महिनादेखिको विवाद टुंग्याउँदै सत्तारुढ पार्टीकै नामलाई यथावत राख्ने निर्णयमा आयोग पुगेको हो ।


आयोगका प्रवक्ता दीपक सुवेदीका अनुसार सत्तारुढ पार्टीको नामलाई वैधानिकता दिने निर्णयमा आयोग पुगेको हो । एमाले र माओवादीबीच एकता भएपछि गठित नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यही जेठ ११ गते आयोगमा दर्ता भएको थियो ।
कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले त्यसको विरोध गर्दै आयोगमा उजुरी दिएको थियो । नामको विवाद टुंग्याउन यी दुई दललाई समय दिएपनि उनीहरु सहमत हुन नसकेपछि त्यसबारे निर्णय गर्ने जिम्मेवारी आयोगको काँधमा परेको थियो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दाहालको इजलासले दुवै दलको नाम फरक–फरक भएकाले त्यसमा कुनै पनि विवाद गर्न आवश्यक नभएको निष्कर्ष निकालेको छ ।

Womui
Womui