नेकपा प्रदेश कमिटी सदस्यको नाम टुंग्याउने जिम्मा विष्णु पौडेल र रामबहादुर थापालाई

113

छिनछिन खबर
काठमाडौं, कात्तिक ८ । नेपाल कम्युनिष्ट पार्टीका सात प्रदेश कमिटी सदस्यको नामावली टुंगो लगाउने जिम्मा महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापाले पाएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले कार्यदलले गरेको सिफारिशबाट सदस्यहरूको नाम टुंग्याउने जिम्मा  पौडेल र थापालाई दिएको हो ।

दुई नेताले केही दिनभित्रै नामको अन्तिम सूची बनाएर सचिवालयमा बुझाउने बताइएको छ । दुई नेतालाई केन्द्रीय कार्यसमितिको कार्य्विभाजन गर्न पनि जिम्मेवारी दिइएको छ ।

Womui
Womui