नेपाल फिफा वरियतामा एक स्थान तल झ‍¥यो

55

छिनछिन खबर
काठमाडौं, कात्तिक ८ (एजेन्सी) । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको पछिल्लो वरियतामा नेपाल १ स्थान तल झरेको छ । अब नेपाल १ सय ६१ औं स्थानमा पुगेको छ । बिहीबार फिफाले निकालेको पुरूष टोलीको अक्टुबर वरियताको वरियतामा नेपाल तल झरेको हो । बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलसम्मको यात्रा तय गर्ने क्रममा नेपालले २ खेल जितेको थियो भने २ खेल गुमाएको थियो ।


अक्टुबरको सुरूआतमा बंगलादेशमै भएको बंगबन्धु गोल्डकपमा भने नेपालले समूह चरणमा ताजकिस्तान र प्यालेस्टाइन दुवैसँग खेल गुमाएको थियो । दक्षिण एसियाली राष्ट्रको वरियतामा भारत शीर्ष स्थानमा छ । भारत फिफा वरियताको ९७ औं स्थानमा छ ।
दक्षिण एसियाका अन्य राष्ट्र नेपालभन्दा पछि छन् । जसमा भुटान १ सय ८८ औं, बंगलादेश १ सय ९४ औं, पाकिस्तान १ सय ९९ औं र श्रीलंका २ सय एक औं स्थानमा छन् ।

बेल्जियम फिफा वरियताको शीर्षस्थानमा रहँदा विश्व कप विजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो र इङ्ल्यान्ड पाँचौं स्थानमा छन् । उरूग्वे, पोर्चुगल, स्विट्जरल्यान्ड, स्पेन र डेनमार्क क्रमश स् छैटौं देखि दसौं स्थानसम्म छन्।

Womui
Womui