कालिमाटी तरकारी विकास समितिका १९ पदाधिकारीको भियतनाम भ्रमण रद्ध

112

छिनछिन खबर
काठमाडौं, कात्तिक ६ । भियतनाम उड्न ठिक्क परेका कालिमाटी फलफूल तथा तरकारी विकास समितिका १९ पदाधिकारीको भ्रमण अन्तिम समयमा रद्ध गरिएको छ । कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार उक्त भ्रमण कात्तिक १० देखि १७ गतेसम्मका लागि तय गरिएको थियो । विदेश उड्नु चार दिनअघि प्रधानमन्त्री कार्यालयले उनीहरूको भ्रमण रोकिदिएको हो ।


सुवेदीका अनुसार बोर्डले स्वीकृत गरेको वैदेशिक भ्रमण कार्यक्रमको बजेट ४० लाख रुपैयाँ थियो । सोही बजेटबाट भियतनामका होलसेल बजारका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम तय गरिएको थियो । समिति, कृषि मन्त्रालय र विभागका प्रतिनिधिलाई उक्त भ्रमणमा सहभागी गराइएको थियो । सरकारी खर्चमा एकैपटक ठूलो संख्याका सरकारी पदाधिकारी जान लागेका र भ्रमण वैदेशिक भ्रमण व्यवस्थापन निर्दे्शिकाको प्रतिकूल देखिएकाले रोक लगाइएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी गराए ।

Womui
Womui