प्रधानमन्त्री ओलीले उद्घाटन गरे विद्युतबाट चल्ने बस

120

छिनछिन खबर
काठमाडौं, कात्तिक ६ । साझा यातायातले मंगलबारदेखि काठमाडौंमा विद्युतबाट चल्ने बस सञ्चालनमा ल्याएको छ ।बिजुली बस नाम दिइएको उक्त बस सेवाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे ओलीले पुल्चोकबाट सिंहदरबारसम्मको यात्रा गरे । बसमा प्रधानमन्त्री ओलीसँगै पर्यटनमन्त्री रवीन्द्र अधिकारी, र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलगायतले पनि यात्रा गरेका थिए ।

एसियाली विकास बैंक (एडीबी) ले लुम्बिनी विकास कोषलाई पाँच वटा बिजुली बस दिएको हो । तर, लुम्बिनीमा पूर्वाधार नबनेकाले हाललाई साझा यातायातको व्यवस्थापनमा काठमाडौं उपत्यकामा सञ्चालन गर्ने सहमति भएको छ ।गौतमबुद्ध विमानस्थल नबनेसम्म उपत्यकामा बिजुली बस चलाउने सहमति भएको साझा यातायातका निमित्त कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।उनका अनुसार चिनियाँ कम्पनीले निर्माण गरेको बिजुली बसमा चालकसहित २० सिटको क्षमता छ ।

Womui
Womui