राप्तीसोनारीको विकासका लागि सबै एक ठाउँमा उभिन आग्रह

156

विजया दशमी, दीपावली र छठ पर्वको शुभकामना आदान प्रदान

बाँके (अगैया), असोज २९-
राप्तीसोनारी गाउँपालिकाको विकासका लागि सबै दल र जनप्रतिनिधी एक ठाउँमा उभिनुपर्ने सम्वद्धहरुले जोड दिएका छन् । विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा राप्तीसोनारी गाउँपालिकाले सोमबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथी एवम् बाँके क्षेत्र नम्बर १ का प्रतिनिधी सभाका सांसद महेश्वरजंग गहतराजले राप्तीसोनारी गाउँपालिका क्षेत्रको समग्र विकासका लागि सबैले हातेमालो गर्न जरुरी रहेको बताए ।

प्राकृतिक र साँस्कृति रुपले धनी रहेको राप्तीसोनारी बाँकेको सबैभन्दा बढी सम्भावना बोकेको क्षेत्र रहेको उनले जोड दिए । पर्यटकिय सम्भावना बोकेको राप्तीसोनारीमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन स्थानीय सरकारले योजना बनाउनुपर्ने उनको सुझाव छ । ‘बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकलाई भित्र्याउन स्थानीय सरकारले ध्यान दिनुपर्छ,’ उनले भने । तीन वर्षभित्रमा राप्तीसोनारीका विभिन्न वडामा सडक र राप्ती नदीमा पक्की पुल निर्माण गर्ने गरी संघिय सरकारले गुरुयोजना तयार गरिसकेको नेकपाका नेता समेत रहेका सांसद गहतराजको भनाई छ । कार्यक्रमका विशिष्ट अतिथी एवम् पुर्वमन्त्री प्रेमबहादुर भण्डारीले राजनीतिमा विभाजित भएपनि विकास निर्माणको सवालमा सबै दल र जनप्रतिनिधी एकजुट हुनुपर्ने बताए ।

स्थानीय सरकारले सबैलाई समान रुपले समेट्न सक्नुपर्ने उनको सुझाव छ । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले जनप्रतिनिधीले सिक्न र सिकाउन जरुरी रहेको बताए । आफुहरु जनताको काम गर्नका लागि निर्वाचित भएर आएको उल्लेख गर्दै उनले जनप्रतिनिधीले काम गर्दा गुणस्तरमा ध्यान दिनुपर्ने धारणा राखे । गाउँपालिकाले गर्ने हरेक काममा जनताले साथ दिनुपर्ने उनको भनाई छ । यस्तै पत्रकार महासंघका पुर्वमहासचिव पोषण केसीले राप्तीसोनारीको विकासमा एकै ठाउँमा उभिनुपर्ने बताए । राप्तीसोनारी गाउँपालिकाका कतिपय वडा अझैपनि विकट रहेको भन्दै राप्तीनदीमा झोलुंगे पुल र बिद्युतीकरणको काम सम्पन्न गर्न सके जनताले धेरै राहत पाउने धारणा राखे । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का जिल्ला स्तरका नेता सुर्य ढकालले जनतालाई अब विकास र समृद्धि चाहिएको बताए । विकाास र समृद्धिकै लागि विभिन्न परिवर्तन भएको उनको धारणा छ ।

कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र केसी, नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिका संयोजक भिमबहादुर राना, सामुदायिक वन उपभोक्ता महासंघ बाँकेका निर्वतमान अध्यक्ष डिल्ली गिरी, राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष चन्द्रबहादुर ओली, वडा नम्बर २ का मदन ओली, वडा नम्बर ३ का गंगाराम थारु, वडा नम्बर ४ का कान्छा थारु, वडा नम्बर ५ का झगरु थारु, वडा नम्बर ९ का महाबीर ओली, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का, पुर्व गाविस अध्यक्ष तुलसीराम थारु, नेपाल शिक्षक संघ बाँकेका उपाध्यक्ष शेखर रावत, अखिल शिक्षक संगठन राप्तीसोनारीका अध्यक्ष मोहन खत्री, वडा नम्बर ४ का सचिव रामु केसी, वडा नम्बर १ का वडासदस्य रुद्रमणि ढकाल, वडा नम्बर ५ का महिला वडा सदस्य धनसरी ओली लगायतले शुभकामना मन्तब्य दिएका थिए । उक्त कार्यक्रमको सञ्चालन सन्तोष चौधरीले गरेका थिए ।

Womui
Womui