मन्त्रालयको कामको अनुगमन सफ्टवेयरबाट गरिने

40

काठमाडौं, असोज २७ ।

हरेक मिहना ७ गते हरेक मन्त्रालयले गरेका कामको मूल्यांकन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कामको मूल्यांकन गर्ने भएका हुन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव बिनोदबहादुर कुँवरका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सफ्टवेयर मार्फत् मन्त्रालय कामको अनुगमन गर्ने व्यवस्था मिलाएको हो ।

सफ्टेवयरले रातो, हरियो, पहेँलो सूचकमा कार्यप्रगति देखाउँछ। वर्गीकरणमा रातो देखिएका मन्त्री र मन्त्रालय जोखिमपूर्ण हुन्छन्। हरियो देखिएमा निगरानीमा भने पहेँलो देखिएमा सन्तोषजनक मानिनेछ। जुन मन्त्रालयको कार्यप्रगति रातो देखिन्छ उसलाई प्रधानमन्त्रीले कारबाही गर्न सक्छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेले सरकारी ठेक्कामा भइरहेको ढिलासुस्तीबारे अख्तियारले बनाएको एक्सन प्लान प्रस्तुत गरेका थिए। निर्माण व्यवसायीले जिम्मेवारी लिएअनुसार काम  पूरा नगर्ने, सुरु नै नगर्ने समस्याले विकास निर्माणमा ढिलाइ भएको भन्दै उनीहरुलाई जिम्मेवार बनाउन एक्सन प्लान बनाइएको हो। मन्त्रालयका कार्यप्रगति हेर्न प्रधानमन्त्री कार्यालय मातहत ११ वटा महाशाखाहरु छन्। यी महाशाखाको नेतृत्व सहसचिवले गर्छन् भने पाँच जना सचिवले सम्पूर्ण गतिविधिबारे जानकारी राख्ने व्यवस्था मिलाइएको छ।

 

Womui
Womui