बालिकाको बलात्कारपछि हत्या

43

जनकपुर, असोज २७ ।

१० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । धनुषाको औरही गाउँपालिका-१ मा १० वर्षीया बालिका हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् ।  पक्राउ परेका औरही ५ परवाह मुखिया टोलका ३२ वर्षका विनोद मुखिया र औरही ३ परवाह का ३० वर्षका नथुनी पण्डितले हत्या गरेको स्वीकारेको डिएसपी दिपेन्द्र शाहीले बताए । हत्या भएकी मुनिषाकुमारी यादव दुर्गापूजाको मेला हेर्न गएकी बेला शुक्रबार साँझदेखि हराइरहेकी थिइन् । शुक्रबारदेखि हराइरहेकी बालिकाका आमाबुबाले प्रहरीलाई खबर गरेपछि खोजविनका क्रममा औरही-२ का रामआशिष साहको धानखेतबाट शव भेटिएको थियो । अनुसन्धानका क्रममा औरही ५ परवाह मुखिया टोलका ३२ वर्षका विनोद मुखियाले बालिकालाई पैसा दिएर फकाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Womui
Womui