रामवीर–वामदेव लफडा सकियोः दाहाल

61

छिनछिन खबर
काठमाडौं, असोज २६ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले रामवीर मानन्धरको राजीनामा र वामदेव गौतम उनको ठाउँबाट चुनाव लड्ने लफडा सकिएको बताएका छन् । कागेश्वरी मनहरा नगरपालिकामा शुक्रबार आयोजित दसैं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै दाहालले वामदेव आफैंले चुनाव नलड्ने बताएकाले यो लफडा अब सकिएको जानकारी दिए ।


‘रामवीरको राजीनामा र वामदेव चुनाव लड्ने कुरा अब सकियो । यसमा केही टेन्सन लिनुपर्दैन,’ दाहालले भने । उनले वामदेवले चुनाव लड्दिनँ भनेर जानकारी गराइसकेको बताए । ‘यो लफडा सकियो । अब हामी देश विकासमा लाग्छौं ।’गएको निर्वाचनमा बर्दिया–१ बाट पराजित नेकपा नेता गौतमलाई संसदमा ल्याउन भन्दै काठमाडौं–७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले पदबाट राजीनामा घोषणा गरेका थिए । पार्टी्भित्र र बाहिरबाट उपचुनावको चर्को आलोचना भएपछि वामदेव चुनाव लड्ने निर्णयबाट पछि हट्न बाध्य भएका हुन् ।

दाहालले सरकार अब सानातिना भनिएका काममा केन्द्रित गर्नेमा लाग्ने बताए । ‘जनताले सडकमा भएका खाल्डा किन पुरिएन । धुलो किन उड्यो भन्ने कुरा हेर्छन्’ दाहालले भने, ‘दसैंपछि हामी त्यस्ता काममा लाग्छौं । सरकारको वर्ष दिन नपुग्दै जनतालाई महसुस हुने गरी काम गर्छौं ।’

Womui
Womui