रामवीरको आशा वामदेव संसदमा आउँदा देशको विकास हुन्छ

58

छिनछिन खबर
काठमाडौं, असोज २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले पदबाट राजीनामा दिएका छन् । मंगलबारआयोजित पत्रकार सम्मेलनमार्फत् उनले पदबाट राजीनामा दिएको घोषणा गरे । उनी काठमाडौं–७ बाट विजयी सांसद हुन् । पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीको निर्देशन बमोजिम े राजीनामा गरेको जानकारी दिए ।

वामदेव गौतमले तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धन र पार्टी व्यवस्थापनमा प्रभावकारी भूमिका खेलेको उनको भनाइ थियो । देशमा कम्युनिष्ट पार्टीको स्थिर सरकार रहेको र वामदेवले कम्युनिष्ट पार्टीको चुस्त व्यवस्थापन गर्ने उनको दाबी छ । ‘उहाँ संसदमा आउनु भयो भने काठमाडौं– ७ को मात्र नभई देशकै विकास हुन्छ’, उनले भने । आफूले प्रचण्डलाई राजीनामाको स्वीकृति पत्र दिएको उनले बताए ।

नेकपाको बुधबार बस्ने सचिवालय बैठकले राजीनामाबारे निर्णय गरेर सभामुखलाई राजीनामा बुझाउने बताइएको छ । गत संसदीय निर्वाचनमा काठमाडौं–७ मा नेकपाका मानन्धरले १८ हजार १ सय २ मत ल्याएका थिए । त्यहाँ कांग्रेसले राप्रपाका विक्रम थापालाई समर्थन गर्दै उम्मेद्वार उठाएको थिएन । राप्रपाका विक्रम थापाले १० हजार ७९ मत पाएका थिए । नेवार समुदायको बाक्लो जनसंख्या रहेको काठमाडौं–७ मा रामवीर लोकप्रिय छन् । प्रतिनिधिसभा छाडेबापत् आफूलाई राष्ट्रिय सभामा मनोनित गर्नुपर्ने र मन्त्री बनाउनुपर्ने सर्त मानन्धरले दाहाल र वामदेसँग राखेको बताइएको छ ।

Womui
Womui