सिटौला पक्षले कांग्रेस केन्द्रीय समिति बैठक बहिस्कार गर्ने

51

छिनछिन खबर
काठमाडौं, असोज २३ । पार्टी सभापति शेरवहादुर देउवाले बहुमतको आडमा पेल्न सुरु गरेको भन्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आउँदो केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्ने भएका छन् ।नेविसंघको आंशिक बिधान संशोधनमा संस्थापन पक्षले बलजफ्ती गरेको र यसको संकेत आगामी महासमिति लगायतका संरचनामा पनि यही ढंगले जाने देखिएकाले बैठक बहिस्कार गर्न लागिएको सिटौला निकट स्रोतले जनाएको छ ।

देउवा निरंकुश ढंगले अघि बढ्न लागेको भन्दै सिटौलाले सोमवार साँझ रामचन्द्र पौडेल र प्रकाशमान सिंहलगायतका नेताहरुसँग छलफल गरेका थिए ।उनीहरुसँगको छलफलपछि बुधवार बस्ने केन्द्रीय समिति बैठक बहिस्कार गर्ने सन्देशसहित सिटौला विराटनगर प्रस्थान गरेका छन् ।सिटौला पक्षको बहिस्कार घोषणासँगै रामचन्द्र पौडेल पक्ष पनि नैतिक संकटमा परेको दावी सिटौला निकट नेताहरुको छ । 

 

 

सिटौला निकट स्रोतका अनुसार नेविसंघ एउटा टेस्ट केसमात्र हो । अब देउवा पक्षले सभापतिलाई निरंशकुश बनाउने रेडिमेड बिधान केन्द्रीय समितिमा यसैगरी पास गरेर महासमितिमा लैजान्छ । महासमितिमा खरिद(विक्रीबाट बिधान पास गर्ने र पार्टी कब्जा गर्ने योजनाको मतियार हुन्न भनेर सिटौलाले बैठक बहिस्कार गरेका हुन् । अब रामचन्द्रमाथि चुनौति थपिएको छ ।कांग्रेसमा सभापतिको अधिकार कटौति गर्नुपर्ने भन्नेमा पौडेल र सिटौला पक्षको एकमत छ ।

Womui
Womui