निर्मला पन्तको हत्यारा पत्ता लगाउन एआइजी बस्न्यातले गरे अमेरिका भ्रमण रद्द

110

छिनछिन खबर
काठमाडौं, असोज २३ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । यतिका समय बितिसक्दा पनि हत्यारा पत्ता नलगाएको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला नेपाल प्रहरीका एआइजी धिरू  बस्न्यात भने हत्यारा खोज्न लागिपरेका छन् । निर्मला पन्त हत्या अनुसन्धानको कमाण्ड सम्हालिरहेका बस्न्यातले अमेरिकाको पूर्वनिर्धारित भ्रमण रद्द गरेका छन् ।

घटना रहस्यमय बनिरहेका बेला एआइजी बस्न्यातले अमेरिकास्थित फ्लोरिडा राज्यमा भइरहेको १२५ औं अन्तर्रा्ष्ट्रिय प्रहरी प्रमुख संघको सम्मेलनको भ्रमण रद्द गरेका हुन् । अक्टोबर ६ देखि ९ सम्म भइरहेको सो कार्यक्रममा सहभागिताका लागि छानबिन समितीको नेतृत्व लिनु अघि नै बस्नेतको नाम सिफारिस भई मन्त्रिपरिषदबाट पनि स्वीकृत भइसकेको थियो ।

उक्त घटनाको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले सरकारलाई बुुझाएको प्रतिवेदन आइतबार मात्र सार्वजनिक भएको थियो । उक्त प्रतिवेदनमा कञ्चनपुरमा रहेका तत्कालीन प्रहरी प्रमुखसहितको टोलीले अनुसन्धानमा गम्भीर गल्ती गरेको उल्लेख छ । सत्तारुढ दलकै विद्यार्थी संगठनले घटनाको सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापासँग आईजीपी सर्वेन्द्र खनालको राजीनामा माग गरेको थियो

Womui
Womui