बझाङमा जीप दुर्घटना, मर्नेको संख्या ३ पुग्यो ११ घाइते

112

छिनछिन खबर
बझाङ, असोज २३ । बुङ्गल नगरपालिकामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।मंगलबार बागथलाबाट बिजगडा जाने क्रममा ठिमीबगर भन्ने ठाउँमा से १ ज ७२६ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु र ११ जना घाइते भएका हुन् ।

जीपमा सवार गर्दै आएका १४ जना मध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको र १ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जीप सडकभन्दा २०० मिटर तल खसेको थियो ।

Womui
Womui