निर्मला हत्या प्रकरणः थप दुई प्रहरी निलम्बित

37

छिनछिन खबर
काठमाडौं, असोज २२ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा खटिएका थप दुई जना प्रहरीलाई निलम्बन गरिएको छ । निलम्बनमा पर्नेमा सई हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद छन् । धामी सिन अफ क्राइम अफिसर हुन् भने साउद मृत निर्मलाको कपडा धुने प्रहरी जवान हुन् । उनीहरुको गतिविधि शंकास्पद देखिएकाले निलम्बन गरिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए ।


योसँगै निलम्बनमा पर्ने प्रहरी अधिकारीको संख्या ७ पुगेको छ । यसभन्दा अघि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामी निलम्बनमा परेका थिए ।

Womui
Womui