इन्टरपोल प्रमुख चीनको नियन्त्रणमा

31

लिओन (फ्रान्स), असोज २२ (एजेन्सी) । झन्डै दुई सातादेखि हराइरहेका इन्टरपोलका प्रमुख मेङ होङवुईलाई चीनले नियन्त्रणमा लिएको खुलेको छ । चिनियाँ अधिकारीहरूले उनलाई नियन्त्रणमा लिएको खुलासा गरेका हुन् ।

चिनियाँ कानुनको उल्लंघन गरेको आरोपमा उनीमाथि छानबिन भइरहेको बताइए पनि उनको गल्ती के हो भन्ने खुलाइएको छैन । चीनको परीवेक्षण आयोगले उनलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । पक्राउ परेसँगै मेङले इन्टरपोलको प्रमुखबाट राजीनामा दिएका छन् । फ्रान्सको लियोनमा रहेको इन्टरपोल मुख्यालयले तत्कालै लागू हुने गरी उनले दिएको राजीनामा पत्र प्राप्त भएको जनाएको छ । मेङ सन् २०१६ नोभेम्बरमा ४ वर्षका लागि इन्टरपोलको प्रमुख नियुक्त भएका थिए ।

मेङ चिनियाँ नागरिक हुन् । इन्टरपोलमा जानुपुर्व उनी लामो समय चीनको सार्वजनिक सुरक्षा राज्यमन्त्री थिए । फ्रान्सबाट चीन हिँडेका मेङ सम्पर्कमा नआएपछि उनकी पत्नी ग्रेसले शुक्रबार फ्रान्स प्रहरीलाई पति हराएको जानकारी गराएकी थिइन् ।

Womui
Womui