विवाद मिलाउन बसेको नेकपा सचिवालय बैठक निष्कर्ष्विहीन

127

छिनछिन खबर
काठमाडौँ,असोज २२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ ।प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार बिहान बसेको बैठक २४ गते बुधबार बिहान ८ बजे बस्ने गरी सकिएको नेता वामदेव गौतमले जानकारी दिए ।

आज बसेको बैठकले पार्टीमा देखिएका पछिल्ला असन्तुष्टि, स्थायी कमिटीको बैठक बोलाउने लगायतका सम्बन्धमा निर्णय लिइने अपेक्षा गरिएपनि त्यसबारे कुनै छलफल नै नभई बैठक स्थगित भएको हो ।आजको बैठकमा पार्टी्भित्र देखिएको असन्तुष्टि, सरकारको समीक्षा, प्रधानमन्त्रीको विदेश भ्रमणको ब्रिफिङ र स्थायी कमिटी बैठकको मिति तय गर्ने एजेण्डा थियो ।झण्डै तीन घण्टा चलेको बैठकमाद्धय अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विदेश भ्रमणका विषयमा जानकारी गराएका थिए ।त्यस्तै यसअघि बसेको सचिवालय बैठकले प्रदेश पदाधिकारी चयनको विषयलाई लिएर ओली र प्रचण्डले ब्रिफिङ गरेका थिए ।असोज ५ गतेको निर्णयलाई लिएर असन्तुष्टि जनाउँदै आएका वरिष्ठ नेता नेपाल र अर्का सदस्य नारायणकाजी श्रेष्ठले आफ्ना असन्तुष्टि बैठकमा राखेको सचिवालयका एक नेताले बताए ।

Womui
Womui