निर्मला पन्त हत्या प्रकरण, प्रहरीले साट्यो ल्याबमा पठाएको नमुनाः छानबिन समिति

148

छिनछिन खबर
काठमाडौं, असोज २२ । निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका क्रममा प्रहरीले ल्याबमा पठाएको नमुना नै साटेको छानबिन समितिले जनाएको छ । निर्मला र आरोपितहरूको डिएनए परीक्षण केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा गरिएको थियो ।
घटनामा कञ्चनपुर प्रहरी प्रमुख समेत रहेका एसपी डिल्लराज विष्टसहितको टोलीले प्रमाण संरक्षण गर्नुका साटो नष्ट गरेको आरोप लागेको छ । सरकारी छानबिन समितिले प्रयोगशालामा पठाइएको नमुनामै हेरफेर गरेको खुलासा गरेपछि अनुसन्धानको भित्री रहस्य खुल्दै गएको बताइएको छ ।


प्रतिवेदनअनुसार जिप्रका कञ्चनपुरले भदौ ४ गते तयार पारेको बरामदी मुचुल्कामा उल्लेख भएको अमित गोल्ड लेखिएको निलो कट्टु, निलो रंगको भित्र शरीरमा लगाउने गन्जी र खैरो रंगको जिन्स हाफपाइन्ट प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा ८ गते पठाइएको थियो ।तर, दुई दिनपछि जिप्रकाले दुई वटा चलानी नम्बरमा पत्र लेखेर नमुनामा नै सच्याएको पाइएको छ । ‘सेतो गञ्जी हुनुपर्नेमा नीलो रंगको सेन्डो गञ्जी हुन गएको र हाप पाइन्ट हुनुपर्नेमा नीलो रंगको हाफ पाइन्ट हुन गएकाले सच्चाइदिनुहुन अनुरोध गरेको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ ।

मुचुल्कामा उल्लेख भएको निलो कट्टु, गञ्जजी र हाफ पाइन्ट दिलिपसिंह विष्टको घरबाट बरामद भएको थियो ।
प्रहरीले विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । तर, विष्टलाई दोषी प्रमाणित गर्न प्रहरीले नमुना परिर्वतन गराएको पाइएको छ ।

Womui
Womui