जुवा अखडामा प्रहरीको छापा, झ्यालबाट हामफालेका २ जुवाडेको मृत्यु

113

छिनछिन खबर
काठमाडौं,असोज २० । काठमाडौंको बौद्ध मुलपानीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मार्दा झ्यालबाट हाम फालेका २ जना जुवाडेका उपचारको क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा सोमलाल तामाङ र सरोज घले रहेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा बौद्ध मूलपानीमा रहेको एक घरको तेस्रो तलामा राति ११ बजे जुवा खेलिरहेको अवस्थामा छापा मारेको थियो।सोही क्रममा धेरै संख्यामा रहेका जुवाडेहरू कोही छतबाट र कोही झ्यालबाट हाम फालेका थिए।झ्यालबाट हाम फाल्दा दुईजना भने टिनमा ठोक्किएर गम्भीर घाइते भएका थिए।घाइते भएका दुईको बि एण्ड बि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले बताए।प्रहरीले अन्य २३ जना जुवाडेलाई भने पक्राउ गरी ४ लाखभन्दा बढीको नगद, मोटरसाइकल र रक्सी बरामद गरेको छ।

Womui
Womui