जुवा घरमा छापा मार्दा छतबाट खसेर दुईको मृत्यु

35

काठमाडौं, असोज २०-
जुवा घरमा छापा मार्ने क्रममा छतबाट खस्दा काठमाडौंमा दुई जनाको मृत्यु भएको छ । सो क्रममा अन्य तीन जना घाइते भएका छन् । प्रहरीले २३ जना जुवाडेलाई पक्राउ पनि गरेको छ । जुवा खेलाउने मुख्य नाइके हेमा गुरूङ भने फरार छन् । सादा पोसाकमा खटिएको डीएपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले उक्त जुवा घरमा छापा मारेको हो । विशेष सूचनाको आधारमा काठमाडौंको मुलपानीमा शुक्रबार राती प्रहरीले छापा मारेको थियो ।

घटना स्थलमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामा र एसपी अशोक सिंह समेत पुगेका थिए । घटना स्थललाई नियन्त्रणमा लिनको लागि बौद्ध प्रहरी, बानेश्वर प्रहरी र गौशालाबाट समेत प्रहरी परिचालन गरिएको थियो । घटनाको पुर्ण विवरण आउन बाँकी प्रहरीले जनाएको छ ।

Womui
Womui