कोरियन कम्पनीले पायो फास्ट ट्रयाकको डिपिआर बनाउने जिम्मा

145

छिनछिन खबर
काठमाडौं, असोज १७ । काठमाडौंलाई तराई–मधेससँग जोड्ने द्रुतमार्ग (फाष्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने जिम्मा कोरियन कम्पनी सुसङ इन्जिनियरिङले पाएको छ ।

मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच फाष्ट ट्रयाक आयोजना प्रमुख प्रा. उपरथी योगेन्द्रबहादुर खाँण र सुसङ इन्जिनियरिङ कम्पनी लिमिटेडका अध्यक्ष केयुन ह्वाङले डिपिआर बनाउने सम्झौतामा हस्ताक्षर गरेका छन् । मूल्य अभिवृद्धि कर (भ्याट) सहित १० करोड १२ लाख ७८ हजार रुपैयाँको लागतमा डिपिआर बनाउने सम्झौता भएको नेपाली सेनाले पाएको छ । आगामी ४ कात्तिकबाट काम सुरु गरेर एक सय ५ दिनमा डिपिआर तयार गर्ने दुई पक्षबीच सम्झौता भएको छ ।
Womui
Womui