इन्धन बोक्ने ट्याङ्करमा भेटियो २ सय ९५ किलो गाँजा

193

छिनछिन खबर
काठमाडौं, असोज १६ । लागूऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजाको चिप्पडसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२, अम्लेखगञ्जका ३८ वर्षीय प्रल्हाद ठकुरी छन् ।ब्यूरोका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलका अनुसार इन्धन बोक्ने ट्याङ्करमा २ सय ९५ किलो गाँजाको चिप्पड तस्करी गरिँदै गरेको सूचनाको आधारमा खटिएको ब्यूरोको टोलीले मंगलबार बिहान ठकुरीलाई पक्राउ गरेको हो ।

ठकुरी इन्धन ट्याङ्करका चालक हुन् । पोखरेलका अनुसार उनले त्यो गाँजा भारतको रक्सौलसम्म लाने जिम्मेवारी लिएका थिए ।मकवानपुरबाट गाँजा पठाइएको खुलेको जानकारी दिए । पक्राउ परेका व्यक्ति र बरामद गाँजालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर बुझाएको बताए ।ट्याङ्करमा रहेको ५ वटा चेम्बर मध्ये २ वटा चेम्बरहरुमा प्लाष्टिकले बाँधेको २२ वटा पोकामा गाँजा भेटिएको उनको भनाइ छ । बरामद गाँजाको मूल्य अन्दाजी ४५ लाख बराबर रहेको ब्यूरोले जनाएको छ ।

Womui
Womui