गुणस्तरहीन सामग्री प्रयोग गरी बनाइएको मिठाई बिक्री गर्ने बानेश्वरको संगम स्विट्समा शिलबन्दी

33

छिनछिन खबर
काठमाडौं, असोज १६ । बानेश्वरमा रहेको संगम स्विट्समा शिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र केही उपभोक्ताकर्मीको अनुगमन टोलीले आज उक्त मिठाई पसलमा शिल गरेको हो ।सन् २०११ मा म्याद सकिएको ’कोकोनट पाउडर’ प्रयोग गरी बर्फी लगायत मिठाई बनाएको, ’हाइड्रो १’ केमिकल प्रयोग गरी दूध तथा रसबरी सेतो बनाउन प्रयोग गर्ने गरेको पाइएको उपभोक्ता अधिकार अनुसन्धानकर्ताले बताए।

हाइड्रो १ त प्रयोग गर्न नपाइने उनको भनाई छ । न्युन गुणस्तर भएको तेलको प्रयोग गरेर मिठाई बनाएको बताए ।मिठाई बनाउने कारखाना र बिक्री स्थल दुवैमा अर्को सूचना नभएसम्मका लागि शिल गरिएको जानकारी दिए । अनुगमनको नेतृत्व वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले गरेका थिए ।

Womui
Womui