थाइराडको समस्या छ ? यसरी गर्नूस् परीक्षण

65

असोज १३ एजेन्सी, । शरीरमा थाइराइडको समस्या भए÷नभएको पत्ता लगाउन प्रयोगशालामा गएर जाँच गरिने प्रक्रियालाई थाइराइड परीक्षण भनिन्छ । विगत केही समययता मानिसहरु थाइराइडको समस्या परीक्षण गर्न प्रयोगशालामा आउने क्रम बढ्दै गइरहेको छ ।
समयमै आवश्यक परीक्षण गरेर सतर्कता अपनाउनु वा उपचार प्रक्रियामा जानु राम्रो कुरा हो । तर, यसको मतलब थाइराइडको जाँच जतिबेला पनि गरिरहनुपर्छ भन्ने होइन । रक्तचाप, सुगरको जाँच जस्तो थाइराइडको जाँच नियमित गर्नु पर्दैन । यो ‘रुटिन’ चेकअप अन्तर्गत पनि पर्दैन ।

थाइराइडको जाँच गर्ने भनेको शरीरमा लक्षण देखिएपछि मात्र हो । तर, अमेरिकास्थित थाइराइड एसोसिएसनका अनुसार सामान्यतया कुनै पनि लक्षण नदेखिएका ३५ वर्ष मुनिका मानिसले पाँच वर्षमा एक पटक थाइराइड परीक्षण गराउनुपर्छ । जाँचका क्रममा थाइराइडको समस्या देखिएको छ भने हरेक ३ तथा ६ महिनामा जाँच गर्नुपर्ने हुन्छ ।थाइराइडको समस्या जुनसुकै उमेरमा पनि देखिन सक्छ । तर, ३५ वर्षभन्दा कम उमेरका मानिसहरुमा लक्षण देखिएको छैन र एक पटकको जाँचका क्रममा थाइराइडको समस्या देखियो भने पुनः अर्को जाँच नगरी औषधि दिइहाल्नु हुँदैन ।

यहाँ त एक पटकको परीक्षणमा थाइराइड देखियो भने तुरुन्तै औषधि दिने चलन छ । यस्तो अवस्थामा उक्त मानिसको ३ देखि ६ महिनामा पुनः अर्को परीक्षण गरेर हेर्नु पर्ने हुन्छ । तर, धेरै नै तलमाथि भयो भने चाँही औषधि चलाउनु पर्ने हुन्छ ।
थाइराइडको समस्या पत्ता लगाउन के के परीक्षण गरिन्छ ?सामान्य रुपमा भन्नुपर्दा थाइराइड एउटा ग्रन्थि हो । थाइराइडको समस्या हुनु भनेको यसबाट उत्पादन हुने हर्मोनमा घटबढ हुनु हो ।

थाइराइड ग्रन्थीबाट उत्पादन हुने ‘टि थ्री’ र ‘टि फोर’ हर्मोन बढ्नेरघट्ने कारणले थाइराइडको समस्या आउँछ । कहिलेकाहीँ तनाव, माइग्रेन, परीक्षण समय, महिनावारीजस्ता कारणले पनि थाइराइड हर्मोनमा तलमाथि हुन सक्छ । यस्तो समयमा परीक्षण गर्दा आएको रिपोर्टका आधारमा नै औषधि चलाइहाल्नु हुँदैन । त्यसकारण थाइराइड परीक्षणबाट आएको रिपोर्ट हेरेपछि चिकित्सकले बिरामीबारे थप बुझ्न जरुरी हुन्छ । अमेरिकन थाइराइड एसोसिएसनले लक्षण नदेखिएका व्यक्तिमा एकपटकमा थाइराइडको समस्या देखियो भने ३ देखि ६ महिना ‘पर्ख र हेर’ भनेको छ ।

थाइराइडबाट हर्मोनको उत्पादन घटेको वा बढेको छ की छैन भनेर पत्ता लगाउन टिएसएच अर्थात थाइराइड स्टिमुलेटिङ हर्मोनको जाँच गर्नुपर्छ । जाँचका क्रममा टिएसएच बढ्यो÷घट्यो भने मात्र पुरै थाइराइडले काम गरेको छ की छैन भनेर ‘टि थ्री’ र ‘टि फोर’ को र टिएसएच जाँच गर्नु पर्ने हुन्छ । ‘टि थ्री’ र ‘टि फोर’ लाई थाइराइडले शरीरभित्र हरेक अंगहरुमा फैलाउने काम गर्छ । यो प्रक्रियामा थपघट भयो अरु अंगहरुको काममा पनि असर पु¥याउँछ ।

टिएसएच घटबढ हुँदैमा ‘टि थ्री’ र ‘टि फोर’ पनि घटबढ हुनैपर्छ भन्ने हुँदैन । त्यसकारण लक्षणका आधारमा जाँच गर्न सकिन्छ । जाँचका क्रममा टिएचएसमा समस्या देखियो भने मात्र ‘टि थ्री’ र ‘टि फोर’को पनि जाँच गर्न सुझाव दिइन् । थाइराइडको समस्यामा कस्ता लक्षण देखिन्छन् ? हर्मोनको उत्पादन बढी हुने समस्यालाई हाइपर थाइराडिज्म भनिन्छ । यो अवस्थामा मुटुको चाल बढेको जस्तो हुने, पसिना धेरै आउने, डर लागेको जस्तो हुने, दुब्लाउँदै जाने, ट्वाइलेट लागिरहने लक्षण देखिन्छ ।

हाइपो थाइराडिज्म भनेको हर्मोनको उत्पादन कम हुने हो । यो समयमा तौल बढ्ने, कपाल झर्ने, आलस्य हुने, कुनैबेला खुट्टा र जिउ कटकट खाने, कब्जियत हुने लक्षण हुन्छ ।पहिलाका तुलनमा अहिले थाइराइड बढ्दो रुपमा देखिनुको कारण ?अहिले मानिसहरुमा धेरै चेतना आइसकेको छ । यही कारण स्वास्थ्य परीक्षण गराउन आउनेको क्रम बढ्दै गएकाले धेरै बिरामी देखिएको हो । परीक्षणको दायरामा आउनेको संख्या बढी भएकाले धेरै बिरामी देखिएको हुनसक्छ ।

सन् १९६० तिरको समयमा आरआइए (रेडियो इम्युनोयासी) भन्ने प्रविधिले थाइराइड समस्याको जाँच गरिन्थ्यो । सन् १९८० तिर आएर इम्युनोयासी प्रविधिबाट जाँच हुनथाल्यो । पहिला–पहिला यो प्रविधि प्रयोग गर्न गाह्रो भएका कारणले महिनाको एक दिन जाँच गरिन्थ्यो त्यसैले पनि यसको परीक्षण महँगो थियो जाँच गर्ने ठाउँ पनि थिएनन् । गर्नैप¥यो भने पनि महँगो त्यसमाथि त्यसको रिजल्ट आउने केही दिन लाग्थ्यो, तर इम्युनोयासी आएपछि हरेक अस्पतालहरुमा यो सेवा उपलब्थ छ ।

आफूलाई मनलागेको समयमा जहाँ पनि गर्न सकिन्छ । त्यसैले पनि थाइराइडका बिरामी बढ्एको जस्तो देखिएको हो ।ल्याब परीक्षणका क्रममा कसरी छुट्टाछुट्टै रिपोर्ट आउँछ ?मानिसको दैनिक क्रियाकलाप, उसमा भएका शरीरका अन्य रोग तथा समस्या, समय, तनाव तथा ल्याबकै अवस्थाका कारण पनि रिपोर्टमा फरकपन आउन सक्छ । यसको समाधानको उपाय भनेको गुणस्तरीय चिन्ह प्राप्त र दक्ष जनशक्ति भएको प्रयोगशालामा जाँच गर्नु नै हो ।

यस्ता प्रयोगशालाले जाँचका लागि आएका व्यक्तिको विगतको ‘हिस्ट्री’का विषयमा जानकारी लिएर जाँच गर्छन् । बिरामीलाई उपयुक्त परामर्श समेत दिन्छन् । सरकारले पनि प्रयोगशालाको गुणस्तर र जनशक्तिका विषयमा जाँच गर्नुपर्ने हुन्छ । अनुगमन गर्ने निकाय बलियो नभएसम्म ल्याबको रिपोर्टमा निकै ठूलो अन्तर आउने समस्या दोहोरिरहन्छ । चिकित्सकले अध्ययन गर्ने किताबहरुमा थाइराइडको परीक्षण जुनसुकै समयमा गर्दा हुन्छ भन्ने उल्लेख गरिएको हुन्छ । व्यावहारिक रुपमा हेर्दा बिहानको समयमा परीक्षण गर्नु सबैभन्दा राम्रो पाइएको छ । बिहान, दिउँसो, साँझ र राति परीक्षण गर्दा रिपोर्टमा तलमाथि हुने समस्या हुन्छ । त्यसैले थाइराइडको परीक्षणलाई हामीले बिहान गर्न सुरु गरेका छौं ।

एकपटक हामीकहाँ एक जनाको दिउँसो थाइराइड परीक्षण गरिएको थियो । परीक्षणका क्रममा थाइराइडको सामान्य मात्रा भन्दा तीन गुणा बढी देखियो । दुई दिनपछि पुनः बिहान गर्दा रिपोर्ट सामान्य नै छ । पछि हामीले उनको विषयमा थप बुझ्दा दुई दिनअघि जाँच गराउन आउँदा उनको माइग्रेनले टाउको असाध्यै दुखेको रहेछ । माइग्रेनकै कारण उनको थाइराइडको मात्रा तीन गुणासम्म बढी भएको रहेछ । अरु लक्षण नदेखिएका कारण उनलाई पुनः परीक्षण गर्न भनिएको थियो । फलस्वरुप पछिल्लो परीक्षणमा उनमा थाइराइडको समस्या देखिएन ।
यस्तै २२ वर्षकी एक युवतीको परीक्षणका क्रममा उनको रिपोर्टमा थाइराइडको समस्या देखियो । तर, उनलाई पनि कुनै लक्षण देखिएको थिएन । उनको रिपोर्ट अनुसार केही लक्षण देखा परिसकेको हुनुपथ्र्यो यसकारण हामीले उनको पनि पुनः परीक्षण गर्ने निर्णय लियौँ । पछिल्लो परीक्षणमा उनको रिपोर्ट पनि सामान्य आयो । हामीले उनको विषयमा पनि थप जानकारी माग्यौं । अघिल्लो पटक जचाउन आउँदा उनी तीन चार दिनदेखि राति राम्रोसँग सुतेकी नै रहिनछन् ।

परीक्षाका कारण रातभरि पढ्ने र ननिदाउँदा बढेको मानसिक तनावका कारण उनको थाइराइड ह्वात्तै बढेको रहेछ । तर, दुई तीन दिनपछि गरिएको परीक्षणमा उनको रिपोर्ट सामान्य आयो । यसैगरी महिनावारी भएको समयमा परीक्षण गर्दा पनि रिपोर्ट तलमाथि हुन सक्छ । पिसाबमा प्रोटिन जाने समस्या भएका, स्टेरोइडका औषधि लिएकाका, आइसियु र सिसियुमा भर्ना भएका बिरामीको रिपोर्टमा पनि थाइराइड घटबढ हुन सक्छ ।

त्यसकारण परीक्षणका क्रममा समस्या देखियो भने बिरामीको ‘हिस्ट्री’ लिने र लक्षण नदेखिएकाहरुलाई पुनः परीक्षण गर्न सुझाउनुपर्छ । हामीकहाँ ल्याब, उपचारमा संलग्न डाक्टर र बिरामीबीच ‘कम्युनिकेसन ग्याप’ छ । जसका कारण आवश्यक सूचना आदानप्रदान नहुँदा कतिपय थाइराइडको समस्या नभएकाहरुले पनि औषधि खानुपरिरहेको छ । त्यसैले थाइराइडसँगै अन्य स्वास्थ्य परीक्षण गर्दा खानपान, आफ्नो स्थिति, समय र वातावरणमा ध्यान दिनुपर्ने हुन्छ ।

Womui
Womui