घर लिप्ने माटो खन्दा पुरिएर ३ जनाको मृत्यु

208

छिनछिन खबर
दाङ, असोज १३ । घर लिप्ने माटो लिन गएका एकै घरका तीन जनाको राप्ती गाउँपालिका–४ डोलैखोलामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका–४ मौरीघाटका ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र चार वर्षीया रेजिना चौधरी छन् । उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा ल्याइएको प्रहरीले बताए ।

Womui
Womui