निर्मला हत्या प्रकरणः शंकासपद व्यक्तिको डिएनए मेल खाएन अब अन्तिम विकल्प डिएनए परीक्षण

125

छिनछिन खबर
काठमाडौं, असोज १४ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको गत साउन १० गते बलात्कार गरी हत्या गरिएका थियो । यति धेरै दिन बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । हत्यामा संल्गन भनी आशंका गरिएका व्यक्तिलाई डिएनए परीक्षण गर्ने क्रम जारी छ । पहिले मानसिक सन्तुलन गुमाएका दिलिपसिंह विष्टलाइ पक्राउ गरी डिएनए परीक्षण गरिएको थियो । उनको डिएनए परीक्षण नमिलेपछि रिहा गरिएको छ । त्यसैगरीपन्तको हत्यामा संलग्न भनी आशंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टसहित ३ जनाको डिएनए परीक्षण मेल नखाएको खुलासा भएको छ ।

 

विशेष प्रहरी स्रोतका अनुसार निर्मलाको ‘भेजाइनल स्वासमा भेटिएको बलत्कारीको शुक्रकिटसँग परीक्षण गरिएका ३ जनाको शुक्रकिट मेल नखाएको जनाइएको छ ।कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षणको नमुना संकलन गरी परीक्षण गरिएको थियो ।

सोसम्बबन्धी रिपोर्ट आज (आइतबार) सरकारी वकिलको कार्यालय कञ्चनपुरमार्फत सार्वजनिक हुँदैछ ।निर्मला हत्या प्रकरण नयाँ मोडमा पुगेको छ । निर्मलाको हत्यारासम्म पुग्न अब डिएनए परीक्षण गर्ने मात्र अन्तिम विकल्प रहेको जनाइएको छ ।

Womui
Womui