निर्मला पन्त हत्या प्रकरणः दोषीलाइ कारवाहीको माग गर्दै माइतीघर मण्डलामा प्रर्दशन

123

छिनछिन खबर
काठमाडौं, असोज १३ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कारवाहीको माग गर्दै राजधानीको माइतीघर मण्डलामा प्रर्दशन गरिएको छ ।निर्मला पन्तको न्यायका लागि स्वतः स्फूर्त रुपमा शनिबार भेला भएका नागरिक अभियन्ताहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।


घटनाको दुई महिना बितिसक्दा पनि दोषी पत्ता नलाग्नु र छानविन समितिको प्रतिवेदन पनि सार्वजनिक नगर्नुले सरकार अपराधीको संरक्षणमा लागेको हो की भन्दै उनीहरुले सरकार विरुद्ध नाराबाजी गरे ।छानविन प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कारवाही गर्नुको साथै मुलुकभरका महिला हिंसाका घटना न्युनीकरणको माग सहितको प्लेकार्ड लिएर प्रर्दशन गरेका थिए ।

Womui
Womui