पत्नीको उपचारका लागि दाहाल सिंगापुरतिर

33

काठमाडौं, असोज ११ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीताको उपचारका लागि सिङ्गापुर गएका छन् । यसअघि सीताको सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो। पत्नी सीताको उपचारको ‘फलोअप’ का लागि अध्यक्ष दाहाल सिङ्गापुर प्रस्थान गएको उनको सचिवालयले जनाएको छ ।


सीतालाई मधुमेह र उच्च रक्तचापको समस्या छ । दाहालसँग छोरी गंगा दाहाल र भतिजा समिर दाहाल पनि गएका छन् । नेपालमा उपचार सम्भव नभएपछि सीतालाई भारत लगिएको थियो , केही समय भारतमा उपचार गराए पनि स्वास्थ्यमा सुधार नदेखिएपछि गत असारमा सीताको सिङ्गापुरमा उपचार गरिएको थियो । माउन्ट एलिजावेथ अस्पतालमा उपचारपश्चात् उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको थियो ।
रासस

Womui
Womui