संघीय संसदको वर्षे अधिवेशन आजबाट अन्त्य

24

छिनछिन खबर
काठमाडौं, असोज ११ । संसद् सचिवालयको संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को वर्षे अधिवेशन बिहीबार राति १२ बजेबाट अन्त्य हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अन्त्य र आह्वान गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई अधिवेशन अन्त्यको जानकारी गराएको छ ।

बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले अधिवेशनका क्रममा भएका गतिविधिबारे जानकारी गराएर अधिवेशन अन्त्यको घोषणा गर्ने कार्यतालिका छ । गत वैशाख २३ बाट शुरु भएको वर्षे अधिवेशनमा प्रतिनिधिसभाको बैठक ७८ पटक र राष्ट्रियसभाको ६१ औंपटक बसेको छ ।

संवैधानिक व्यवस्थाअनुसार अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि ६ महिनाभन्दा बढी हुनु हुँदैन । तर एक चौथाइ सदस्यले बैठक आह्वानका लागि लिखित आग्रह गरेमा बोलाउनुपर्ने प्रावधान छ ।

Womui
Womui