निर्मलाको न्यायका निम्ति हस्ताक्षर अभियान जारी

23

नेपालगन्ज, असोज १०-
कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मला पन्तको न्यायका लागि भन्दै नेपालगन्जमा हस्ताक्षर संकलन अभियान जारी राखिएको छ । निर्मलाको न्यायका निम्ति अभियान अन्तर्गत मंगलबारबाट संकलनको काम सुरु गरिएको थियो । नेपालगन्जमा बुधबार पनि हस्ताक्षर संकलन गरिएको अभियन्ताहरुले बताएका छन् ।

 

सरकारले उक्त घटनाका दोषीलाई बचाउने कोसिस गरिरहेको आरोप लागिरहेका बेला दवाव स्वरुप हस्ताक्षर संकलन गरिएको हो ।  हस्ताक्षर संकलनको कामलाई विभिन्न चोकमा विस्तार गर्दै लगिने अभियन्ताहरुले जनाएका छन् । हस्ताक्षर संकलन गरिसकेपछि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाइएको छ ।

Womui
Womui