बलात्कार आरोपी पत्रकार दिक्षित प्रहरी नियन्त्रणमा

52

नेपालगन्ज, असोज १०-
बलात्कार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका पत्रकार बिनय दिक्षितलाई प्रहरीले अदालतबाट चार दिनको म्याद थपेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा आफै हाजिर भएपछि उनलाई मंगलबार प्रहरीले अदालतमा लगेर म्याद थपेको हो । दिक्षित अहिले जिप्रका बाँकेको हिरासतमा रहेका छन् । बाँकेका एसपी अरुण पौडेलले पत्रकार दिक्षित आफुहरुको नियन्त्रणमा आईसकेको र मंगलबार जिल्ला अदालतमा लगेर म्याद थप गरिसकेको बताए ।

बलात्कारको मुद्दा अनुसन्धानका लागि प्रहरीले अदालतबाट चार दिनको म्याद थपिएको उनले जनाए । किटानी जाहेरी दर्ता भएपछि जिप्रकाको टोलीले दिक्षितलाई खोजी गर्दै आएको थियो । एक युवतीले आफुलाई बिबाह गर्ने प्रलोभनमा पारेर दिक्षितले डेढ वर्षदेखी निरन्तर बलात्कार गर्दै आएको दाबी सहित केहीदिन अघि मात्र जिप्रकामा किटानी जाहेरी दर्ता गराएकी थिईन् । बिबाहित दिक्षितविरुद्ध किटानी जाहेरी दर्ता भएपछि प्रहरीले खोजी गर्दै आएपनि फेला पार्न सकेको थिएन् ।

उनलाई प्रहरीले फोन गरेर सकभर आफै हाजिर हुन आउन सुझाव दिएको थियो । तर, दिक्षित फरार हुदै आएका थिए । दिक्षित फरार रहेकै अवस्थामा प्रहरीले जबरजस्ती करणी अन्तर्गत उनी विरुद्ध मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडी बढाएको थियो । पत्रकार महासंघ बाँकेको साधारण सदस्य समेत रहेका दिक्षित दैनिक नेपालगन्जका समाचार प्रमुख हुन् । उनको सदस्यता निलम्बनको सिफारिस गर्ने सम्बन्धमा महासंघ बाँकेले बुधबार बेलुकासम्म कुनै निर्णय गरेको छैन । नरैनापुर गाउँपालिका वडा नम्बर ५ मटेहिया निवासी उनी नेपालगन्जको फुलटेक्रामा बस्दै आएका छन् । यता दिक्षितले भने आफुलाई एकोहोरो माया गरेर झुठो मुद्दामा फसाउन खोजिएको बताएका छन् । ‘मलाई झुठो मुद्दामा फसाउने काम गरिएको छ, म निर्दोष छु,’ उनले भनेका छन् ।

Womui
Womui