विकासका लागि नेपालमा लगानी चाहिएको छः प्रधानमन्त्री ओली

55

सपना शर्मा
काठमाडौं, असोज १० । प्रधानमन्त्री केपी शर्मा ओलीले विकसका लागि नेपाललाई लगानीको आवश्यक परेको बताएका छन् । त्यसका लागि उनले लगानी जुन देशबाट भित्रिइ पनि हृदयदेखि नै स्वागत गरिने समेत बताए । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री ओलीले बुधबार नेपालीको प्रश्नको चीनको लगानीले ऋणको जाल निम्याउँछ भन्ने कुराप्रति भने असहमति जनाए । उनले व्याजविनाको लगानी गर्न कोही इच्छुक भए आउन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले बूढीगण्डकी आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिनेबारे कुनै विवाद नभएको बताए । उनले भने, ’लामो अध्ययनपछि यो आयोजना गेजुवालाई दिने निर्णय गरेका हौं, यो विवादको विषय नै होइन ।’ प्रधानमन्त्री ओलीले अन्तर्वार्ताको क्रममा हालको अवस्थामा नेपालको आवश्यकता भनेको आर्थिक समृद्धि भएको बताए । ‘आर्थिक समृद्धिको कुरा गर्दै गर्दा नेपालले जलवायु तथा मौसम परिर्वतनसँग जोडिएको विषयलाई नजरअन्दाज गर्न मिल्दैन,’ ओलीले भने, ‘नेपाल एक हिमाली देश भएकाले आर्थिक विकासको सपना देख्दै गर्दा वातावरणीय संरक्षणसँग जोडिएका मुद्दालाई नेपालले नजर अन्दाज गर्न सक्दैन ।’

आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपाल खुसी नेपाली’को नारा लिएको बताउँदै प्रधानमन्त्री ओलीले समृद्धि मात्रैले खुसी ल्याउन नसक्ने बताए । त्यसैले हाम्रा पुर्खाले हजारौं वर्ष पहिले भन्ने गरेको ‘सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामय’ को मन्त्र आफ्नो सरकारले जप्ने गरेको उनले दाबी गरे ।

Womui
Womui