१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, छिमेकी पक्राउ

34

छिनछिन खबर
पोखरा, असोज, १० । पोखरामा सोमबार मृत भेटिएकी १० बालिकाको बलात्कारपछि हत्या भएको तथ्य खुलेको छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ ।

 

पोखरा–२२ पुम्दीभुम्दीको कोदीकी बालिका श्रेया बिकको बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी २७ वर्षीय कुसुम पौडेलसहित आधा दर्जन पक्राउ परेका छन् । पौडेलसहित अरु पनि समातिएको वडा कार्यालय बैदामाका प्रमुख डीएसपी नवीन कार्कीले जानकारी दिए ।
प्रहरकिा अनुसार पौडेलले अभियोग स्वीकार गरेका छन् । श्रीया सोमबार विद्यालयबाट फर्कने बित्तिकै बिस्कुट किन्न पसल गएकी थिइन् तर, उनी एकाएक हराएकी थिइन् । मंगलबार झाडीमा अर्धनग्न अवस्थामा उनको शव भेटिएको थियो ।

Womui
Womui