सार्वजनिक सवारीको नयाँ भाडादर सार्वजनिक, यस्तो छ नयाँ भाडा (सूचीसहित)

153

छिनछिन खबर
२०७५ असोज ७ । सरकारले सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । यातायात व्यवसायीसँग १० प्रतिशत भाडा बढाउन सहमति जनाएको सरकारले आइतबार नयाँ भाडादर सार्वजनिक गरेको हो ।


पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवसायीले भाडादर पनि समायोजन गर्नुपर्ने माग गरेका थिए । त्यसै अनुरुप यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो ।नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाका शहरी क्षेत्र र अन्य शहरी क्षेत्रमा सञ्चालन हुने सबै किसिमका यात्रुबाहक सवारीका साधनमा न्यूनतम १४ देखि अधिकतम १८ रुपैयाँ कायम भएको छ । न्यूनतम चार किलोमिटरभित्र न्युनतम् १४ रुपैयाँ कायम गरिएको छ ।

डिलक्स सुविधा लिएका जुनसुकै प्रकारका यात्रुवाहक सवारी साधनले तोकिएको भाडादरमा पनि थप २० प्रतिशत बढाएर लिनसक्ने विभागले जनाएको छ ।
यस्तो छ नयाँ भाडादर

https://drive.google.com/open?id=1pVYmDOeg7g441ltp-pwnrGqhHd9J94Wy

Womui
Womui