बोरामा ७१ लाख भारतीय रुपैयाँ बोक्ने पक्राउ

180

छिनछिन खबर
कैलाली,असोज ७ । प्रहरीले ७१ लाख ७९ हजार भारतीय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।से ४ प ६७६० नम्बरको मोटरसाइकलमा सो अवैध भारतीय रुपैयाँ बोकेर ल्याउने लम्की चुहा नगरपालिका–१ का ३२ वर्षीय कृष्णराज जैसी पक्राउ परेका हुन् ।

भारततर्फबाट नेपाल ल्याउँदै गरेको सो रकमसहित उनलाई कैलालीको भजनी नगरपालिका–३ मोरिया घाटबाट आइतबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी हरि ओलीले जानकारी दिए ।सशस्त्र प्रहरी बल भजनीको टोलीबाट पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको छ । उनीबाट बरामद नगद, ५००, १००० र २००० दरको भएको बताइएको छ ।उनी लम्कीका स्थानीय व्यापारी भएको बताइको छ । उनले कुन प्रयोजनका लागि सो रकम ल्याइएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Womui
Womui