राष्ट्रियसभाको शून्य समयःचाडपर्वमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण

61

छिनछिन खबर
काठमाडौं,असोज ७ । राष्ट्रियसभाका सांसदहरुले दसैं, तिहारजस्ता चाडपर्वमा दैनिक उपभोग्य वस्तु अभाव हुन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।राष्ट्रियसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रियसभाका सांसद दिलकुमारी रावल (थापा)ले दसैं, तिहारजस्ता चाडपर्वमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सरकारलाई सचेत गराएकी हुन्।

उनले चाडवर्पको अवसर पारेर हुने कालाबजारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पनि सरकारसँग आग्रह गरिन्।सांसद रावलले दसैंमा राजधानीबाट घर जाने यात्रुहरुको यात्रालाई सहज हुनेगरी आवातजावतको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइन्।सांसद प्रकाश पन्थले जिल्लास्थित महिला तथा बालबालिका कार्यालय खारेज भएसँगै रोकिएको शारिरीक रुपमा अशक्त भएका व्यक्तिहरुलाई तत्काल परिचय पत्र दिने व्यवस्था गर्न पनि सरकारसँग माग गरे। उनले शारिरीक रुपमा अशक्त नागरिकहलाई परिचय पत्र दिने व्यवस्था नहुँदा उनीहरु राज्यबाट पाउने सुविधाबाट वञ्चित हुन पुगेकोतर्फ सरकारलाई सचेत गराए।अर्की सांसद नैनकला ओझाले मोरङस्थित उर्लाबारी, कानेपोखरी, पथरी, शनिश्चरे, बेलबारीलगायतका स्थान रहेका सुकुम्बासीहरुलाई तत्काल जग्गाधनी लालपूर्जाको व्यवस्था गर्न सरकारसँग माग गरिन्।

Womui
Womui