बलात्कार, हत्या हिंसाविरुद्ध महिला संघको प्रर्दशन

258

नेपालगन्ज, असोज ७-
मुलुकमा बढ्दै गएको बलात्कार, हत्या, हिंसा, अराजकता, दण्डहिनता र महंगी विरुद्ध महिला संघ बाँकेले प्रर्दशन गरेको छ । नेपाली कांग्रेस बाँकेको कार्यालयबाट सुरु भएको उक्त प्रर्दशन गणेशमान चोक, चारबाहिनी चोक, अस्पताल रोड हुदै जिल्ला प्रशासन कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो । प्रर्दशनमा सहभागी भएका महिलाले सरकार विरुद्ध चर्का नाराबाजी गरेका थिए ।

दिनहुँ बलात्कार, हत्या, हिंसा, अराजकता, दण्डहिनता र महंगी बढ्दा सरकार असफलतातर्फ उन्मुख भएको बताए । कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मला पन्तले घटनाको दुई महिना वितिसक्दा पनि अहिलेसम्म न्याय नपाउनुमा सरकारको ठुलो असफलता रहेको महिलाहरुले बताएका छन् । सो क्रममा महिला संघ बाँकेकी अध्यक्ष नारायण रुपाखेतीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेमार्फत ज्ञापन पत्र बुझाएकी थिईन् ।

संविधानको कार्यान्वयन गर्ने घडिमा सम्वेदनशिल रहन प्रधानमन्त्री ओलीलाई महिला संघले आग्रह गरेको छ । ‘अन्यथा संघर्षका कार्यक्रम थाल्न बाध्य हुने चेतावनी दिन चाहन्छौं,’ ज्ञापन पत्रमा भनिएको छ । सो क्रममा नेपाली कांग्रेस बाँकेका सभापति किरण कोईरालासहित जिल्ला कार्यसमिति पदाधिकारी, महिला संघ तथा विभिन्न भातृ संगठन, स्थानीय तहका जनप्रतिनिधी लगायत सहभागी भएको कांग्रेस जिल्ला सचिव तप्त पौडेलले जानकारी दिए । महिला संघको केन्द्रिय परिपत्र अनुसार बाँके प्रर्दशन गरिएको उनले बताए ।

तस्बिर : सुधाम्सु कोईरालाको फेसबुकबाट

Womui
Womui