पत्रकार खनाल र गुरुङलाई ‘बिरमी–चन्द ग्रामीण पत्रकारिता पुरस्कार’

163

नेपालगन्ज, असोज ७-
प्रेस सेन्टर बाँकेले स्थापना गरेको बिरमी–चन्द ग्रामीण पत्रकारिता पुरस्कार–२०७४ बाँकेका दुई पत्रकारलाई प्रदान गरिएको छ । नेपालगन्जमा आइतबार एक कार्यक्रमका बीच अन्नपुर्ण पोष्ट् दैनिकमा कार्यरत शंकरप्रसाद खनाल र काँचुली खबर डटकमका गजेन्द्र गुरुङलाई नगद ५ हजार तथा कदरपत्र प्रदान गरिएको हो ।

प्रतिनिधी सभा सांसद महेश्वर गहतराज, प्रदेश सांसद कृष्णा केसी र सेन्टरका अध्यक्ष डक्टप्रसाद धितालले पुरस्कृत गरे । सांसद केसीले स्व.मातापिता बिरमी खत्री र चन्द्र खत्रीको स्मृतिमा गतवर्ष ५० हजार र प्रेस सेन्टरले ५० हजार गरी एक लाख रुपैयाँको अक्षयकोषबाट पुरस्कार स्थापना गरिएको थियो । सांसद केसीले यो वर्ष अक्षयकोषमा ५० हजार थपिएको जानकारी दिदै हरेक वर्ष रकम थप गरेर ५ लाख पु¥याउने घोषणा गरिन् ।

Womui
Womui