पहिरोले अवरोध पु¥यायो चीन जोड्ने छोटो बाटो 

139

छिनछिन खबर
काठमाडौं, असोज ७ ।  यस् वर्ष जेठमा ट्रयाक खुलेको मैलुङ–स्याप्रुवेशी सडकको धेरै भाग पहिरोले पुरिएको छ ।अत्याधिक पहिरो आएपछि सडक विभागले स्तरोन्तिको डिपिआर बनाउन फेरि अध्ययन गर्नुपर्ने भएको छ । गल्छी–त्रिशूली–रसुवागढी सडक आयोजनाका प्रमुख सुबोध देवकोटाले धेरै ठाउँमा पहिरो आएकाले असारमा गरिएको अध्ययन अनुसार काम गर्न नसकिने जानकारी दिए । देवकोटाले भने धेरै ठाउँमा पहिरो छ । पहिरोका कारण त्यहाँको अवस्थिति परिवर्तन भएको बताए ।यतायात विभागले काठमाडौंसँग चिनियाँ नाका जोड्ने सबैभन्दा छोटो यो बाटो २ वर्ष्भित्र कालोपत्रे गर्ने जनाएको छ । सडक कालोपत्रे गर्ने साढे ३ अर्ब रूपैयाँ लाग्न सक्ने अनुमान गरेको बताइएको छ ।

यो बाटो सञ्चालनमा आए काठमाडौंबाट रसुवागढी झन्डै २५ किलोमिटर छोटो हुनेछ । पासाङल्ह्यामु राजमार्गको बेत्रावती–धुन्चे–स्याप्रुवेशी खण्ड ५४ किलोमिटर छ । बेत्रावतीदेखि धुन्चेको उकालो र धुन्चेदेखि स्याप्रुवेशीसम्मको ओरालोमा ३५ घुम्ती छन् ।नयाँ बनेको बेत्रावती–मैलुङ–स्यापू्रुवेशी सडक ३१ किलोमिटरको छ । त्रिशुलीको किनारैकिनार जाने बेत्रावती– मैलुङ–स्याप्रुवेशी खण्डमा ठूला घुम्ती छैनन ।सडक स्याप्रुवेशीदेखि मैलुङसम्म त्रिशुलीको बायाँ किनारा हुँदै आउँछ । मैलुङमा १३० मिटर लामो बेलिब्रिज हालिएको छ ।मैलुङदेखि तल त्रिशुलीको दायाँ किनारामा सडक बनाइको छ । विभागले धादिङको गल्छीदेखि रसुवागढीसम्मको ८२ किलोमिटर बाटो २ लेन बनाउने काम पनि थालिसकेको छ ।गल्छी–बेत्रावती सडकको दुई लेनको काम अहिले भइरहेको छ ।

स्याप्रुवेशीदेखि रसुवागढीसम्मको १६ किलोमिटर बाटो चीन सरकारले दुई लेन बनाएर कालोपत्रे बनाउने सम्झौता भइसकेको छ । चिनियाँ पक्ष अहिले टेन्डर प्रक्रियामा रहेको आयोजना प्रमुख देवकोटाले जानकारी दिए ।यो सडक काठमाडौंलाई चीनसँग जोड्ने सडकमात्र होइन नेपाली भूमि हुँदै भारत र चीन जोड्ने पनि सबैभन्दा छोटो सडक हो ।रसुवागढी–गल्छी–मुग्लिन–भरतपुर हुँदै यो बाटोको चितवन ठोरीमा भारतीय नाकासँग जोडिन्छ । गत भदौमा नेपाल र चीनले रसुवागढी–केरूङलाई दुई देशको अन्तर्रा्ष्ट्रिय नाका घोषणा गरेका छन् । रसुवागढी–केरूङ २०७१ मंसिर १५ बाट द्विपक्षीय नाकाका रूपमा सञ्चालनमा आएको थियो ।

Womui
Womui