नेत्रविक्रम माओवादीका नेता–कार्यकर्ता धमाधम पक्राउ

69

छिनछिन खबर
काठमाडौं, असोज ७ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २६३ नेता–कार्यकर्ता पक्राउ परेका छन् ।
सरकारले विप्लव, सिके राउतसहित सरकारसँग असन्तुष्ट पक्षसँग वार्ता गर्ने भन्दै सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा समिति गठन गरेको बेला नेकपाका कार्यकर्तालाई पक्राउ गरेको हो । समितिले विप्लवसहित सबै असन्तुष्ट पक्षलाई वार्तामा आउन आग्रह गर्दै आएको छ । वार्ता टोली गठन भएपछि पनि विप्लव समूहका नेताकार्यकता पक्राउ पर्ने क्रम रोकिएको छैन । पक्राउ परेर सर्वोच्च अदालत छोड्न आदेश दिए पनि प्रहरीले अदालत परिसरबाटै पक्राउ गर्दै विभिन्न जिल्लामा लगेर मुद्दा चलाउँदै आएको छ ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, पोलिटब्यूरो सदस्य पदम राई, किरण राई, उमा भुजेलसहितका नेता अहिले पनि प्रहरी हिरासतमै छन् ।चारै वटा सुरक्षा निकायका प्रमुखले गृहमन्त्री रामबहादुर थापा बादललाई अहिले मुख्य सुरक्षा थ्रेट विप्लव समूह रहेको बताएका थिए । विप्लवले युद्धकालको जस्तो झझल्को दिनेगरी ग्रामीण भेगका विभिन्न ठाउँमा आफ्ना कार्यकर्ता सैन्य तालिमसम्म दिएको रिपोर्ट गृहमन्त्रीसम्म पुगेको थियो । त्यसपछि गृहमन्त्रीले विप्लव समूहलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएका थिए ।

गृहकै आदेशमा प्रहरीले विप्लव पार्टीका नेता कार्यकर्तालाई धमाधम पक्राउ गरिहेको छ । प्रहरीका प्रवक्ता शैलेस थापा क्षेत्रीले वैशाखदेखि साउनसम्म विप्लव वार्टीका २ सय ६३ नेता कार्यकर्ता पक्राउ परेको जानकारी दिए ।

Womui
Womui