सुनसरीमा गोली हानी विद्यालय व्यवस्थापन समिति अध्यक्षको हत्या

133

छिनछिन खबर
सुनसरी,असोज ४ ।  प्रदेश नम्बर १ स्थित सुनसरीको हरिनगर गाउँपालिका २ भूताहामा रहेको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या भएको छ ।भारतबाट आएको हतियारधारी समूहले रौयान नेसनल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष मौलाना खुर्सिद अन्सारीको गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुई जनाको संख्यामा मोटरसाइकलमा आएका ती हतियारधारी समूहले उनको बिहिबार बिहान साढे ११ बजे गोली प्रहार गरी हत्या गरेका हुन् ।हत्यापछि भागेका उनीहरुले सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलाई समेत गोली हानेर भागेको प्रहरीले जनाएको छ ।गोली लागि प्रहरी जवान शिव पौडेल घाइते भएको बताइएको छ।अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ ।

Womui
Womui