महाभियोग लगाए सामना गर्न तयार छुः दीपकराज जोशी

40

छिनछिन खबर
काठमाडौं,असोज ४ । सत्तारुढ नेकपाका सांसदहरुले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन सुरु गरेका छन् ।यसअघि प्रधानन्यायाधीशमा सिफारिश भएका जोशीलाई संसदीय सुनुवाई समितिले अस्वीकृत गरेको थियो ।

नेकपाका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ताको तयारी गरेपछि न्यायाधीश जोशीले आफूले महाअभियोगको सामना गर्ने प्रतिक्रिया दिएका छन् ।जोशीले महाभियोग लगाए आफूसँग कुनै विकल्प नहुने भन्दै सामना गर्न तयार रहेको बताए ।‘दबाबका लागि हस्ताक्षर संकलन गरेका होलान् तर महाभियोगको प्रस्ताव दर्ता गरिहाल्छन् भन्नेचाहिँ मलाई लाग्दैन’ न्यायाधीश जोशीले भने ।त्यसो भए तपाई राजीनामा दिनुहुन्न त भन्ने प्रश्नमा उनले राजीनामा दिनेबारे केही नसोचेको र महाभियोगको सामना गर्ने दोहोर्याए ।संसदीय सुनुवाई समितिबाट उनको नाम अस्वीकृत भएसँगै धेरैले उनले पदबाट राजीनामा दिने अनुमान गरेका थिए । तर, सो अनुमान विपरित फेरि न्यायाधीशकै हैसियतमा सर्वोच्च फर्किएका थिए ।

Womui
Womui