प्रचण्ड भन्छन्– विकास र समृद्धिका लागि चीनसँग सहकार्य गर्ने सहमति भएको छ

38

छिनछिन खबर
काठमाडौं, असोज ४ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास र समृद्धिका लागि चीनसँग सहकार्य गर्ने सहमति भएको बताएका छन् । चीनको भ्रमण गरी फर्केका दाहालले यस्तो बताएका हुन् । साथै उनले चीन भ्रमण सफल भएको दाबी समेत गरे । चारदिने भ्रमण सकेर फर्किएका अध्यक्ष दाहालले चीन जानुअघि राखिएका आफ्ना दुई लक्ष्य पुरा भएको  नेपालमा दुई पार्टी एकीकरण भई सिंगो कम्युनिष्ट पार्टी बनेको तथा दुई तिहाई बहुमत प्राप्त स्थायी कम्युनिष्ट सरकार बनेकोमा चीन नेपालसँग सहकार्य गर्न सकारात्मक रहेको दाबी गरे ।

‘विकास र समृद्धिलाई दुवै देशले आफ्नो प्रमुख एजेण्डा बनाएको र दुबै देशमा राजनीतिक नेतृत्व र स्थीरता पनि बिस्तारै हुँदै गइरहेकोमा सहकार्य गर्दै अगाडि बढ्ने सहमति तथा समझदारी भएको छ,’, उनले भने । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सम्झौता तथा केही समयअघि मात्रै भएको पारवहन सम्झौताको कार्यान्वयनमा दुबै देशले दृढताका साथ अघि बढ्नेसमेत सहमति भएको उनले बताए । यसका लागि चीनका उपराष्ट्रपतिसँग एक्लाएक्लै २ पटक र सामूहिक रुपमा १ पटक तथा अन्ताष्ट्रिय विभागका मन्त्रीसँग भेटवार्ता भएको जानकारी दिए ।

पश्चिम सेती जलविद्युत परियोजनाबाट चिनियाँ कम्पनी थ्री ग्रजेज फिर्ता भएको सन्दर्भमा उनले आफूलाई फाइदा नपुग्ने भएपछि कम्पनीले हात झिकेको धारणा राखे । ‘थ्री गर्जेज र पश्चिम सेतीको विषयमा पार्टीभित्र तथा सरकारमा पनि छलफल गरेको उल्लेख गर्दै उनले त्यो विषयमा उसलाई सरकारले हटाएको भन्दा पनि आफूलाई फाइदा नपुग्ने देखिएकोले कम्पनी आफैं आयोजना निर्माणबाट पछि हटेको बताए ।

Womui
Womui